आर्थिक
  • जिविस धनुषाको २२ औं परिषदमा साढे ६ अर्ब भन्दा बढीको वजेट पेश

    जनकपुरखबर,
    फागुन २८
    जनकपुरधाम।जिल्ला विकास समिति धनुषाको २२ औं जिल्ला परिषदमा जिल्लाको समग्र विकासको लागि आर्थिक वर्ष २०७३–७४ का लागि ६ अर्ब ६८ करोड ७८ लाख ९ हजारको अनुमानित आय व्ययको बजेट पेश गरिएको छ । स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले कृषि, वन तथा वातावरणका लागि चालु तथा पूंजीगत गरेर १ अर्ब ५ करोड, ९० लाख ५३ हजार र जनसंख्या तथा सामाजिक समितिका लागि चालु र पूंजीगत गरेर ८१ करोड ८१ लाख २१ हजारको अनुमानित बजेट पेश गर्नु भयो । यसै गरि जलश्रोत तथा भूमि का लागि ९२ करोड, ७३ लाख ६९ हजार, पूर्वाधार तथा संरचना विकास तर्फ सबै भन्दा बढी २ अर्ब ८८ करोड, ३३ लाख ६३ हजारको अनुमानित आय व्ययको बजेट सहित संगठन र प्रशासन तर्फका लागि पूजीगत तथा चालु गरि ९९ करोड ९९ लाख ३ हजारको अनुमानित आय व्ययको बजेट २२ औ जिल्ला परिषदमा पेश गरिएको थियो । 
    यसै गरि जिल्लाको कूल बजेट मध्ये पूंजीगत तर्फ ४ अर्व ६ करोड १० लाख ४० हजार तथा चालु तर्फ २ अर्ब ६२ करोड, ६७ लाख ६९ हजारको अनुमानित आय व्ययको विवरण जिल्ला परिषदको वैठकमा पेश गरिएको थियो । पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारीले जिल्ला परिषदको उद्घाटन गर्दै जिल्लाको विकासका लागि जिल्ला विकास समितिले खेल्नु पर्ने भूमिका अझै प्रभावकारी हुनु पर्ने बताउदै उक्त बजेटको सही सदुपयोग हुने आशा व्यक्त गर्नु भयो । जिल्ला परिषद वैठकमा नेपाली काँग्रेसका सांसद प्रेमकिशोर साह, एमालेका सांसद शत्रुधन महतो एमाओवादीका सांसद प्रतिक्षा तिवारी, दलित जनजाति पार्टीका सांसद यशोदा लामाले जिल्लाको विकासका लागि आएको योजनाहरुको सफल कार्यान्वयनको लागि ईमान्दारी पूर्वक पहल हुने भनेका थिए । जिल्ला परिषदमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाई, नेपाली काँग्रेसका सचिव कोमलकान्त झा, एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, एमाओवादीका जिल्ला अध्यक्ष झल्कु यादव, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष चन्देश्वर महतो, तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साह, सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंह, रामसपाका जिल्ला अध्यक्ष दिनेश मंडल, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष रमन सिंह, नेकपा माओवादीका जिल्ला ईन्चार्ज श्याम यादव, बहुजन समाजवादी पार्टीका खुशिलाल मण्डल, नेपाल परिवार दलका अब्दुल कयुम साफी, महिला अधिकारकर्मी उर्मिला यादव र पदपूर्ती समितिका अध्यक्ष रामरतन मिश्र सहितकाले बोलेका थिए । 
  • थोरै वर्षा कृषि वालीका लागि अमृत समान, सवै वालीको लागि लाभैलाभ

     आशिष कुमार,
     फागुन २३ 
    ,जनकपुरधाम । आईतवार बिहान परेको वर्षाका कारणले किसानहरु निक्कै खुशि भएका छन् । खास गरेर आँपको लागि सबै भन्दा बढी फाईदा भएको जिल्ला कृषि विकास कार्यालय धनुषाका निमित्त कृषि विकास अधिकृत रामसेवक महतोले भनेका छन ।
    यस पटक अाँपको बोटमा अत्यधिक फूल लागेको र यस अवस्थामा मधुवा रोगको संक्रमण हुने बेलामा बिना कुनै हावा हुरी वर्षा भएको कारणले गर्दा आँपलाई वरदान नै सावित भएको छ । अहिले आँपको फूलमा रोग नलाग्नका लागि स्प्रे गर्ने वेलामा आईतवार भएको प्राकृतिक वर्षाले निक्कै लाभ पुग्ने कृषि विकास अधिकृत महतोले बताएका छन । खास गरेर आँप उत्पादनको दृष्टिकोणले धनुषा जिल्ला नेपालको अग्रणी जिल्ला मध्ये एक रहेको छ । धनुषा जिल्लामा करिव ४ हजार हेक्टर क्षेत्रफलमा आँपको खेती हुने गरेको छ । यस पटक कलमी मात्र होईन पुराना बोटहरुमा अाँपको फूलहरु लटरम्म ढाकिएकाले निक्के बढी उत्पादन हुने अनुमान किसानहरुले गरेका छन् । यसै गरि गंहुवाली, तरकारी खेती, उखुवाली, मक्कैवाली दलहन तथा तेलहनको लागि पनि निक्कै फाईदा पुगेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । केही बेर मात्र वर्षा भएपनि यसको लाभ कृषिमा मात्र होईन मानवलाई पनि फाईदा भएको छ । जनकपुरका सडकहरुको अवस्था दयनीय रहेको र कतिपय सडकहरु निर्माणको क्रममा रहेका कारणले निर्माणमा प्रयोग हुने सवारी साधनहरु भारी संख्यामा सडकमा गुड्ने गरेकोले जनकपुर उपमहानगरपालिका सहित ग्रमिण क्षेत्रका जनताहरु पनि धुलोका कारणले पिडित भएकोमा आज आएको वर्षाले धुलो प्रकोपवाट पनि ठुलो राहत भेटेको छ । वर्षाका कारणले नयाँ तरकारी खेती गर्ने किसानलाई पनि लाभ पुगेको छ । वर्षा किसानको लागि अमृत समान नै भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक अमृतलाल कर्णले बताउनु भयो । वर्षा आधा घण्टामा मात्र भएपनि यसको फाईदा निक्कै बढी नै रहेको छ । 
  • तीस बैंकको खराब कर्जा २० अर्ब

    जनकपुर खबर,
    काठमाडौं,जेष्ठ २१,०७२
      । सञ्चालनमा रहेको ३० वाणिज्य बैंकको चालू आर्थिक वर्षको चैत मसान्तमा १९ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खराब कर्जा छ । यो बैंकहरुले प्रवाह गरेको कूल कर्जाको १.८६ प्रतिशत हो । ५ प्रतिशतभन्दा बढी खराब कर्जा भए बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको कारवाहीमा पर्छन् ।
    चैत मसान्तसम्ममा बैंकहरुले १३ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी १० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
    पाँच बैंकको १ प्रतिशत कम खराब कर्जाको मात्रा जति कम भयो बैंकको वित्रीय स्वास्थ्य त्यति राम्रो मानिन्छ । सानिमा बैंकको खराब कर्जा सबैभन्दा कम अर्थात कूल कर्जाको ०.१० प्रतिशत छ । त्यसैगरी, एसबिआई बैंकको ०.१८ प्रतिशत, स्टान्डर्ड चार्टडको ०.१८ प्रतिशत, एनएमबीको ०.४७ प्रतिशत, सेञ्चुरी बैंकको ०.५३ प्रतिशत, एभरेष्ट बैंकको ०.६३ प्रतिशत खराब कर्जा छ ।
    नौ बैंकको २ प्रतिशत कम
    लुम्बीनी बैंकको १.०२, बैंक अफ काठमाण्डूको १.०८, जनता बैंकको १.०९, इन्भेष्टमेन्ट बैंकको १.०२८, लक्ष्मी बैंकको १.३३, मेगा बैंकको १.६४, माछापुछ्रे बैंकको १.७६, सिटिजन बैंकको १.७९ र एनबी बैंकको १.९६ प्रतिशत खराब कर्जा रहेको छ ।
    ८ बैंकको ३ प्रतिशत कम
    हिमालयन बैंकको २.०२, नविल बैंकको २.०२, एनआइसी एसिया बैंकको २.१४, सिद्धार्थ बैंकको २.३०, सिभिल बैंकको २.३३, एनसीसी बैंकको २.४०, ग्लोब आइएमइ बैंकको २.५५, प्राइम बैंकको २.८५ प्रतिशत खराब कर्जा छ ।
    चार बैंकको पाँच प्रतिशत कम
    चार बैंकको खराब कर्जा तीन प्रतिशतभन्दा बढी र पाँ प्रतिशतभन्दा कम छ । जसमध्ये दुईवटा सरकारी बैंक छन । राष्ट्रि वाणिज्य बैंकको खराब कर्जा ३.५३ प्रतिशत छ भनेनेपाल बैंकको ४.४८ प्रतिशत छ । त्यस्तै, सनराइज बैंकको ३.७७ प्रतिशत छ भने कुमारी बैंकको ३.९८ प्रतिशत छ ।
    ग्राण्ड बैंकको सबैभन्दा धेरै
    तीन बैंकको खराब कर्जा राष्ट्र बैंकले तोकेको भन्दा धेरै छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको खराब कर्जा ५.४१ प्रतिशत छ भने निजी क्षेत्रको प्रभू बैंकको खराब कर्जा १०.७१ प्रतिशत छ । निजी क्षेत्रकै ग्राण्ड बैंकको खराब कर्जा सबैभन्दा धेरै अर्थात २८.७६ प्रतिशत छ । ग्राण्ड बैंकलाई प्रभू बैंकले किन्दैछ ।
    बैंक खराब कर्जा ०७१ चैत मसान्त (प्रतिशतमा)
    सानिमा बैंक ०.१०
    एसबिआर्इ बैंक ०.१८
    स्टान्डर्ड चार्टर्ड बैंक ०.१८
    एनएमबी बैंक ०.४७
    सेञ्चुरी बैंक ०.५३
    एभरेष्ट बैंक ०.६३
    लुम्बीनी बैंक १.०२
    बैंक अफ काठमाण्डू १.०८
    जनता बैंक १.०९
    इन्भेष्टमेन्ट बैंक १.०२८
    लक्ष्मी बैंक १.३३
    मेगा बैंक १.६४
    माछापुच्छ्रे बैंक १.७६
    सिटिजन बैंक १.७९
    एनबी बैंक १.९६
    हिमालयन बैंक २.०२
    नबिल बैंक २.०५
    एनआइसी एसिया बैंक २.१४
    सिद्दार्थ बैंक २.३०
    सिभिल बैंक २.३३
    एनसीसी बैंक २.४०
    ग्लोबल आइएमइ बैंक २.५५
    प्राइम बैंक २.८५
    राष्ट्रिय वाणिज्य बैंक ३.५३
    सनराइज बैंक ३.७७
    कुमारी बैंक ३.९८
    कृषि विकास बैंक ५.४१
    प्रभू बैंक १०.७१
    ग्रान्ड बैंक २८.७६
    नेपाल बैंक ४.४८
    औषत १.८६
    स्रोतः(अ.खबर)
  • भुईचालोले गर्दा जनकपुरको व्यापार अस्त व्यस्त

    आषिश कुमार,
    जनकपुर,वैशाख ३१ ।

    गत १२ वैशाख देखि नियमित रुपमा आईरहेको भुकम्पले गर्दा जनकपुर सहित यस क्षेत्रको आर्थिक अवस्था खस्किदै गएको छ ।
    गत १२ वैशाखमा हजारौं मानिसको ज्यान जाने गरि मुलुकमा गएको बिनाशकारी भुकम्पले धनुषा लगायत यस क्षेत्रमा मानविय तथा भौतिक क्षति थोरै भएता पनि नियमित रुपमा महसुस हुने गरेको भुकम्पले यहाँका सर्वसधारणहरु भय र त्रासमा रहेको कारणले गर्दा जनकपुरको आर्थिक कारोबार न्युन भएको व्यापारीहरुको भनाई रहेको छ । समान्यता यस क्षेत्रमा १ अर्व भन्दा बढीको दैनिक कारोबार हुने आर्थिक कारोबारमा विगत २० दीन देखि व्यापक गिरावट आएको छ । जनकपुरका सर्जिकल व्यापारी अर्जुन गुप्ताले भुकम्प गएदेखि यहाँको व्यापारीहरुको आर्थिक
    कारोबार दयनिय अवस्थामा पुगेको बताएका छन । उनका अनुसार समान्य अवस्थामा सर्जिकल व्यापारमा दैनिक रुपले जनकपुरमा २० देखि ३० लाखको कारोबार हुन्छ तर भुकम्प गएदेखि सम्पुर्ण सर्जिकल व्यापारीहरुको दैनिक कारोबार पाँच लाख सम्म पनि नभएको बताएका छन ।
    जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र प्रसाद साहका अनुसार भुकम्प गएदेखि सर्वसधारणमा भय र त्रासले व्यापक स्थान बनाएको छ , यस्तो अवस्थामा स्थानीय ग्राहकको साथै वाहिरबाट आउने ग्राहकको संख्या एकदम पातलिदै गएको छ र भय डरका कारण सर्वसधारणहरु बजारमा थोरै संख्यामा किनमेल गर्न आउने गर्छन ।’ भुकम्पले गर्दा भाँडा वर्तन, सुनचाँदी गरगहना बनाउने तथा कपडा सिउँने कारिगरहरुको व्यापक अभावको कारण व्यापारहरु बढी प्रभावित भएको महासचिव जितेन्द्र प्रसाद साहले आफ्नो व्यक्त गरेका छन ।
  • जनकपुर मा थ्री जि सुविधा आरम्भ

    आशिश कुमार,
    जनकपुर, चैत्र २४,

     नेपाल दुर संचार संस्थान ले सोमबार देखी जनकपुर मा थ्री जि (भिडियो कल) को सुविधा आरम्भ गरेको छ । हुनत मोबाइलमा थ्री जि सवीधा नेपालको अधिकांश जिल्लाहरुमा धेरै पहिले लागु भएता पनि दुर संचार संस्थान शाखा
    जनकपुरले सेवा बिस्तार को क्रम मा सोमबार देखी शहरी क्षेत्रको केही एरीयामा थ्री जि सेवा सञ्चालनमा ल्याएको छ । हडतालको कारण प्राविधिक समस्या भएकोले जनकपुर उपमहानगरपालिका समेत धनषाका ग्रामिण ईलाकाहरुमा ०७२ वैशाख १ गते देखी मात्र पुर्ण रुपले सेवा सुचारु गरिने दुर संचार कार्यालय जनकपुरले जनाएको छ । मोबाईलमा थ्रि जी (भिडियो कल) को सुविधा शुरु भएकोमा जनकपुर उपमहानगरपालिका २ का स्थानिय गंगा मंडलले खुशी व्यक्त गरेका छन ।



  • विषादी युक्त तरकारी जनकपुर भित्रिदै

    र्निमेश कमार,
    जनकपुर,श्रावण १२,

    काठमाडौंमा विषादीयुक्त तरकारी विक्रि वितरणमा कडाई गरेपछि त्यस्ता तरकारीहरु केही दिन देखि यता जिल्ला अनुगमन समितिको कमजोरीले गर्दा जनकपुरको बाजार क्षेत्र शिव चौक,जनक चौकमा विषादी प्रयोग गरिएका लौका, बोडी्हरु खलेआम रुपले बिक्री भई रहेको पाईएको छ । अन्य किसानहरुको तुलनामा जनकपुरको बजारमा रहेको प्रतिकिलो ग्राम बोडीको मुल्यमा ५० प्रतिशतको कमीले विक्रि गरी रहेका कारणले गर्दा विषादीयुक्त तरकारीको व्यापार निक्कै फस्टाएको छ । दैनिक रुपमा २,३ ट्रक तरकारीहरु जनकपुर भित्रिने गरेको र केही घण्टामै ती व्यापारीहरुले सस्तो मुल्यमा बोडी,लौका सहितका तरकारीहरु बिक्रि गरी जाने गरेको देखिएको छ । यसरी सस्तो दरमा तरकारीहरु बिक्रि भई रहेको अवस्थामा नागरिकहरु बाट जिल्ला कृषि विकास कार्यालयले त्यस्ता तरकारीको नमूना संकलन गरेर त्यस्को विषादीको मात्रा परीक्षण हुनुपर्ने आवाज उठ्न थालेको छ । काठमाडौंमा विषादीको मात्रा परिक्षण गर्ने सरकारले मेसिन उपलब्ध गराए पनि जनकपुर जस्ता ठुला शहरी क्षेत्रमा पनि त्यसको व्यवस्थापन हुनु अनिवार्य भै सकेको छ । सरकारले विषादीको मात्रा अत्यन्तनै अधिक रहने तराईको बारा, चितवन र पहाडका तीन जिल्लाको तरकारीहरु राजधानी प्रवेशमा रोक लगाए पछि त्यता तीरको तरकारी यता आउने सम्भावना व्यापक रहेको र त्यस्ता तरकारी खानाले छालाको रोग,पेट दुख्ने,वान्ता हुने लगायत अन्य शारिरिक समस्या उत्पन्न हुने चिकीत्सक हरु बताउँछन ।
     
  • नेपाल टेलिकमको कस्टमर सेन्टरबाट पनि सिम र रिम कार्ड

    आशिष कुमार,
    जनकपुर,५ जेष्ठ,
    केहि दिन अघि सम्म नेपाल टेलिकमका कार्यालयहरुमा मात्र पाईने सिम तथा रिम कार्ड अव नेपाल टेलिकमको कस्टमर सेन्टरबाट पनि उपल्बध भईरहेको छ । मोवाईल सेवामा सर्वसधारणको सहज पहुँच होस् भने उदेश्यले नेपाल टेलिकमले केहि दिन अघि सो सेवा शुरु गर्ने निर्णय गरेको थियो । नेपाल टेलिकम कस्टमर सेन्टर जनकपुर अञ्चल का अधिकारीक डिलर राईन सप्लार्यसले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल टेलिकमको जनकपुर शाखाका प्रमुख सुसिल प्रसाद साहले अव नेपाल टेलिकमको कस्टमर सेन्टरहरुबाटै सिम तथा रिम कार्डहरु उपल्बध हुने बताए । टेलकमको जनकपुर कस्टमर सेन्टरबाटै धनुषा, महोत्तरी, सर्लाही तथा सिन्धुली जिल्लामा सव डिलरहरुको माध्यमले सर्वसधारणलाई सहज रुपमा सिम तथा रिम कार्ड उपल्बध गराउने जनकपुर स्थित नेपाल टेलिकम कस्टमर सेन्टरका प्रमुख सलामत राईनले बताए । केहि दिन अघि सम्म टेलिकमकै इन्टरनेट सेवा वाईम्याक्स मात्र वित्तरण हुदै आएको उक्त कस्टमर सेन्टरबाट सिम तथा रिम कार्ड उपल्बध
    भएपछि उपभोक्ताहरुलाई सजिलो हुने उनले बताए । महोत्तरीको जलेश्वरका चित्रान्स इन्टरप्राईजेज,सिन्धुलीको जेके डेस्पट लगायतका सव सेन्टरबाट सिम तथा रिम कार्ड उपल्बध हुने उनको भनाई छ । सिम तथा रिम कार्डको थोक तथा खुद्रा व्यापारीहरुले पनि टेलिकमको जनकपुर कस्टमर सेन्टरमा सम्र्पक गर्न सकिने उनले जानकारी दिए । उनले प्रत्येक दिन विहान १० देखि ५ वजे सम्म जनकपुर स्थित नेपाल टेलिकमको कस्टमर सेन्टर खुलै रहेने बताए । उनले भने,‘ हामी सार्वजनिक विदाको दिन पनि उभोक्ताहरुलाई सेवा दिन्छौ,सहज रुपमा सिम तथा रिम कार्ड उपल्बध गराउने हाम्रो मुख्य उदेश्य हुन्छ ।’ अन्य नेपालका नेटर्वक भन्दा नेपाल टेलिकमको नेटर्वक गुणस्तरिय रहेको दावि गर्दै धनुषा,महोत्तरी लगायतका विभिन्न स्थानमा नेटर्वकलाई अझ प्रभावकारी बनाउन टावर विटियस थपिने कार्य शुरु भईसकेको टेलिकमको जनकपुर शाखा प्रमुख साहले बताए । नेपाल टेलिकम कस्टमर सेन्टरका प्रमुख सलामत राईनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल टेलिकम जनकपुर शाखाका लेखा प्रमुख सुरेन्द्रनाथ ढकाल,वाईम्याक्सका टेकनिक्ल इन्चार्ज रोशन कर्ण तथा कर्मचारी अनिल राय लगायतका उपस्थित रहेको थियो । 
  • टेलिकम कस्टमर केयर सेन्टरको उद्घाटन जनकपुरमा

    जनकपुर खबर,
    जनकपुर,१८ असोज,
    सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम कस्टमर केयर सेन्टरको जनकपूरमा आज शुक्रवार उद्घाटन गरिएको छ । नेपाल टेलिकम जनकपुर शाखाका प्रमुख उमाशंकर शर्माले उतm सेन्टरको उदघाटन गरेका हुन् । धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका उपभोतmाहरुलाई मध्यनजर गरेर सो सेन्टर खोलिएको प्रमुख शर्माले बताएका छन । खास गरि सेन्टरद्वारा टेलिकमका तार रहित चल्ने दु्रत गतिका इन्टरनेट वाइम्याक्स । सेवा जडानको साथै सिम, रिर्चाज कार्ड, व्यालेन्स ट्रान्सफर लगायत टेलिकमका अधिकांश सेवा सेन्टरमा उपल्बध हुने जनकपुर अञ्चल वाइम्याक्स का विक्रेता सलामत राईनले जानकारी दिएका छन वाइम्याक्स इन्टरनेट सेवा शहरी तथा ग्रामिण क्षेत्रका लागि उपयुतm रहेको उल्लेख गर्दै प्रमुख शर्माले भने,‘ वाइम्याक्स को सेवा अन्य इन्टरनेट भन्दा सस्तो हुनुको साथै भर पर्दो रहेको छ ।’ उद्घाटन समारोहमा एयर म्याक्स टेक्नोलोजि प्रालिका प्रमुख टेकन्किल अधिकृत प्रदिप बुढा, तमलोपाका नेता हकिम राईन विशिष्ठ अतिथिको रुपमा सहभागि भएका थिए भने टेलिकम जनकपुर शाखाका कर्मचारी तथा युवा नेता जानी साफी लगायतका सहभागिता रहेको थियो ।
     
  • बागलुङ नगरपालिकामा एकीकृत सम्पत्तिकर लागू

    जनकपुर खबर,
    बागलुङ, २ साउन,
    बागलुङ नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुआतसँगै एकीकृत सम्पत्तिकर लागू गरेको छ । स्थानीय स्वायत्तशासन नियामावली २०५६ को नियम १४४ बमोजिम घरजग्गा तथा मालपोतको सट्टामा एकीकृत सम्पत्तिकर लगाउने नगरपालिकाको नीतिगत निर्णयअनुसार सम्पत्तिकर लागू गरिएको नगरपालिकाकाले जनाएको छ । यसअघि भएको नगरपालिकाकाले १७ औँ नगरपरिषद्ले आर्थिक वर्ष २०७०÷२०७१ देखि नगरक्षेत्रमा एकीकृत सम्पत्तिकर लगाउने निर्णय गरेको थियो । व्यवस्थित, वैज्ञानिक र प्रगतिशील कर प्रणाली अपनाएर नगरपालिकालाई वित्तिय दृष्टिकोणबाट सक्षम तथा राज्यलाई कर तिर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न एकीकृत सम्पत्तिकर लगाइएको बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेलले बताउनुभयो । गत वर्ष घरजग्गा तथा मालपोत करबापत रु २७ लाख ९२ हजार राजस्व सङ्कलन गरेको नगरपालिकाले एकीकृत सम्पत्तिकर लागू भएपछि आन्तरिक राजस्व सङ्कलनलाई बढाएर रु ३८ लाख पु¥याउने लक्ष्य लिएको छ । विगतमा लिइरहेको घरजग्गा कर, धुरीकर र मालपोत करको सट्टामा एकीकृत सम्पत्तिकर लगाइएको हो । एकीकृत सम्पत्तिकर कर निर्देशक समितिका संयोजकसमेत रहनुभएका अधिकृत कँडेलले भन्नुभयो “यसले व्यवस्थित, वैज्ञानिक र कर प्रणालीमार्फत कर तिर्ने वातावरणलाई सहज बनाउँछ ।” नगरपालिकाले स्वतः स्फूर्त रूपमा राज्यलाई कर तिर्न चाहने नागरिकको अधिकारको सुनिश्चितता गर्न पनि एकीकृत सम्पत्ति करले सघाउ पु¥याउने विश्वास लिएको छ । गत दुईवर्ष अघिदेखि एकीकृत सम्पत्तिकर लगाउन प्रक्रियाअघि बढाएको नगरपालिकाले हालसम्म चार हजार ६४३ सम्पत्ति धनीहरूबाट सम्पत्ति विवरणको सूचना फाराम प्राप्त भएको छ । त्यस्ता सम्पत्ति विवरण झल्काउने फारामहरूको मूल्याङ्कन, जाँच र कम्प्युटरकृत गर्ने कार्य भइरहेको अधिकृत कँडेलले जानकारी दिनुभयो । “हामीले नगरक्षेत्रभित्रका १२ हजार करदाताहरूलाई एकीकृत सम्पत्तिकरमा समावेश गर्ने लक्ष्य लिएका छौँ” कँडेलले भन्नुभयो “यो वर्षभित्र मात्रै सात हजार पु¥याउने लक्ष्य छ ।”
    नगरपालिकाले सहजकर्ता खटाएर घरदैलो अभियानमार्फत नगरक्षेत्रमा सम्पत्तिको स्वयम् घोषणा फाराम भर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।
    एकीकृत सम्पत्तिकर नगर क्षेत्रभित्रको जग्गा र त्यस्तो जग्गामा बनेको घर, भवन, गोदाम, टहरा, सेड, ग्यारेजजस्ता भौतिक संरचनाहरूको मूल्याङ्कन गरी कायम हुन आउने जम्मा करयोग्य मूल्यमा तोकिएबमोजिम कर लगाइने अधिकृत कँडेलको भनाइ छ । मूल्याङ्कनप्रति करदाताको गुनासो रहेमा पुनःमूल्याङ्कन गर्न सकिने व्यवस्था पनि नगरपालिका कार्यालयले गरेको छ । सम्पत्तिकरको दर निर्धारणका लागि विभिन्न पाँच क्षेत्रहरू छुट्टाइएको छ । जसअनुसार व्यापारिक क्षेत्र, आवसिय क्षेत्र, कृषि क्षेत्र, भीरपाखो क्षेत्र र अन्य गरी क्षेत्रगत हिसाबले करको दर निर्धारण गरिएको छ ।
    सम्पत्ति मूल्याङ्कनका आधारमा रु एकदेखि पाँच लाखसम्मको सम्पत्तिमा रु १०० कर रकम निर्धारण गरिएको छ भने अधिकत रु पाँच करोडसम्मको मूल्याङ्कनमा वार्षिक ६० हजार कर तोकिएको छ ।
    रु पाँच करोड एकदेखि माथिको मूल्याङ्कनमा प्रतिहजार रु दुई थप हुने कार्यालयले जनाएको छ । एकीकृति सम्पत्तिकर लागू भएको पहिलो दिन मङ्गलबार एकीकृत सम्पत्तिकर तिर्न आउने करदाताहरूलाई नगरपालिकाले सम्मानसमेत गरेको छ ।
    एकीकृत सम्पत्तिकर तिर्ने पहिलो करदाता बागलुङ नगरपालिका– ३ का दयाराम शर्मा– २, कि शान्ति गौतम ज्ञवाली– ३, कि शारदादेवी रिजाल अधिकारी– ९ का नारायणप्रसाद सापकोटा– ९, कै चन्द्रबहादुर क्षेत्रीलाई नगरपालिकाका कार्यकारी अधिकृत कँडेलले खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
     
  • भारतमा नेपाली अदुवाको निर्यात बढ्यो

    रासस,
     बुटवल,  जेठ ३,
    रुपन्देहीको बेलहिया नाकाबाट नेपाली अदुवाको भारत निर्यात बढेको छ । चालु आर्थिक वर्षको बितेको आठ महिनाको अवधिमा गत वर्षको १२ महिनाको भन्दा झन्डै तीन गुणा बढी अदुवा भारत निर्यात भएको छ । भारतमा यस वर्ष अदुवा उत्पादनमा कमी आएकाले नेपाली अदुवाको माग बढेको हो । रुपन्देहीको बेलहिया नाका हुँदै २०६९ साल साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा ११ हजार ६१ मेट्रिकटन अदुवा भारत निकासी भएको प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाले जनाएको छ ।
    गत आर्थिक वर्षको १२ महिनाको अवधिमा यो नाकाबाट कुल चार हजार आठ सय ९९ मेट्रिकटन अदुवा निर्यात भएको थियो । कार्यालयका क्वारेन्टाइन अधिकृत दिलीपकुमार चौधरीका अनुसार नेपाली अदुवा असोजदेखि पुस महिनासम्म धेरै निर्यात हुन्छ । नेपालको अदुवा भारतको दिल्ली, लखनउ, कानपुरलगायतका सहरमा पुग्ने गरेको छ । चालु आवको साउनमा पाँच सय ४४ मेट्रिकटन, भदौमा नौ सय ९१, असोजमा एक हजार आठ सय ५८, कात्तिकमा एक हजार आठ सय ५६, मङ्सिरमा दुई हजार पाँच सय २२, पुसमा एक हजार सात सय १८, माघमा आठ सय ९९ र फागुनमा छ सय ७३ मेट्रिकटन अदुवा भारतीय बजारमा निर्यात भएको छ ।
    अदुवाको भारत निर्यातमा वृद्धि भएपनि अन्य कृषिजन्य वस्तुको निर्यातमा भने सुधार आएको छैन । क्वारेन्टाइन अधिकृत चौधरीका अनुसार अन्य वस्तुको भारत निकासी गत वर्षकै हाराहारीमा छ । उहाँका अनुसार फापर साउनमा एक सय २०, पुसमा १५ र फागुनमा ३० मेट्रिकटन निर्यात भएको छ । त्यस्तै, रिठ्ठा भदौमा १, पुसमा १३, माघमा ३० र फागुन ५७ मेट्रिकटन भारत गएको छ । पावन बोक्रा साउनमा २१, असोजमा १०, मङ्सिरमा ११ मेट्रिकटन निकासी भएको छ ।
    चुत्रो पुसमा २० मेट्रिकटन निर्यात भयो भने पाखन वेद भदौमा एक मेट्रिकटन र सेतक जरा असोजमा तीन मेट्रिकटन भारतीय बजारमा निर्यात भयो । सुठो साउनमा २१, भदौमा एक सय नौ, असोजमा एक सय ४१, कात्तिकमा ८५, मङ्सिरमा ६६, पुसमा १२, माघ ३१ र फागुनमा ४४ मेट्रिकटन निर्यात भएको छ । त्यसैगरी, तेजपात साउनमा ५७, भदौमा २१, असोजमा ४७, कात्तिकमा ३४, मङ्सिरमा ६२, पुसमा एक सय ७०, माघमा एक सय ४७ र फागुनमा एक सय ७७ मेट्रिकटन निर्यात भएको क्वारेन्टाइन कार्यालयको तथ्याङ्क छ । दालचिनी साउनमा ६१, भदौमा २५, असोजमा २९, मङ्सिरमा ३४, पुसमा १७, माघमा आठ र फागुनमा १२ मेट्रिकटन भारत निर्यात भएको छ । दाना साउनमा दुई सय ८३, भदौमा एक सय ७०, असोजमा दुई सय ३८, कात्तिकमा एक सय ६, मङ्सिरमा एक सय ४७, पुसमा एक सय १०, माघमा एक सय ४० र फागुनमा एक सय २४ मेट्रिकटन निकासी भएको छ । बेलहिया नाका हुँदै पिना साउनमा दुई सय ४८, भदौमा तीन सय ३७, असोजमा १६, कात्तिकमा ७२, मङ्सिरमा एक सय ६२, पुसमा ५२, माघमा दुई सय चार र फागुनमा ६२ मेट्रिकटन भारत गयो । अम्रिसो साउनमा ४१, भदौमा ५१, असोजमा पाँच, कात्तिकमा नौ, पुसमा १२ र फागुनमा ३८ मेट्रिकटन भारत निर्यात भएको क्वारेन्टाइन अधिकृत चौधरीले जानकारी दिनुभयो । रुपन्देही हुँदै भारत निकासी हुने फापर बागलुङ, म्याग्दी र धादिङको उत्पादन हो । अदुवा गुल्मी, प्युठान र सल्यानको हो । सुठो पाल्पा, अर्घाखाँची, गुल्मीबाट आउने गर्दछ । तेजपात कुल निर्यातको ९० प्रतिशत पाल्पामा उत्पादन हुने गर्छ । पिना र दाना रुपन्देही, नवलपरासी र कपिलवस्तुमा उत्पादन हुने गर्दछ । अन्य जडीबुटी भने हिमाली तथा उच्च पहाडी भेगबाट सङ्कलन गरेर ल्याउने गरिएको छ ।
     
रुचाईएका सामाग्री
ss
महिलाले पुरुषबाट चाहने सात कुरा
एजेन्सी :  महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
मिथिलामा लाटा अन्धाहरुको मेला
* विनय कुमार ‘एतवए दुवा मगैछी अल्लाह मिथिलेमे तु जन्म दिहऽ’ यो मैथिली गीत मिथिलामा बडो सुपरहिट छ । यो सुपरहिट गीतको भावमा डुबेर ‘म स्वर्गमा छु’ भनठान्नेको भिड कम छैन । तर, यथार्थता र गीतको भावलाई बुझ्दा आकाश र ..
ss
जनकपुरमा शिक्षक द्वारा बालिका बलात्कार
आशिष कुमार , जनकपुर,वैशाख,८ । घरमै टयुसन पढाउने बहानाले लक्ष्मेश्वर तिवारी का २० वर्षीय छोरा दिपेन्द्र तिवारीे जनकपुरको रामानन्द चौक स्थित वडा नं.९ मा एक ८ वर्षिय बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका ..
ss
४५ हजार विद्यार्थी भएको विश्वको सबैभन्दा ठूलो विद्यालय
एजेन्सी लखनउ, २९ असोज सामान्त विद्यालयमा कति विद्यार्थी पढ्छन् होला ? केही सय वा धेरैमा केही हजार । तर, भारतको लखनउमा रहेको सिटी मन्टेसरी विद्यालयले विश्वको सबैभन्दा बढी विद्यार्थी भएको विद्यालयको किर्तिमान ..
ss
सेप्टेम्वर,अक्टोवर र नोभेम्वरमा जन्मनेहरु धेरै बाँच्ने
एजेन्सी : यदी तपाई सेप्टेम्वर, अक्टोवर या नोभम्वरमा जन्मनु भएको हो तपाईले आफूलाई भाग्यमानी हुनुहुन्छ । किनभने यी तीन महिनामा जन्मनेहरु अन्य महिनामा जन्मेका भन्दा बढि बाँच्ने गरेको एक अध्ययनले देखाएको छ । ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
ss कहाँ पाउने जुद्धशमशेर जस्ता प्रधानमन्त्री ?
–मणि शर्मा , २०७२ साल वैशाख १२ गते शनिबार। १९९० सालको महाप्रलयकारी भूकम्पीय विनाशपछि नेपालको इतिहासमा यो दोस्रो ठूलो प्राकृतिक विनाशलीला थियो। म परिवारसहित हेटौंडामा थिएँ। त्यो दिन दिउँसो टीभी ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
 २०७२ वैशाखमा आएको भूकम्प तत्पश्चात देशमा उत्पन्न असहज परिस्थिति को कारण आर्थिक क्रियाकलापमा विभिन्न प्रकारको सम्सया आई उधोग,व्यपार ,यातायात व्यवसाय लगायत अन्य क्षेत्रहरु नराम्रो संग प्रभावित भएको सबै सर्व– साधारण संग सर्वविदित नै छ । देशमा भूकम्प तथा मधेशमा जारी रहेको ६ महिने लामो आन्दोलनको कारण बैंक तथा वित्तीय संस्थाका ऋीणीहरुको ऋीण तिर्न सक्ने क्षमतामा दयनिय प्रभाव परी धेरै ऋीणीहरु बैंकहरुको चर्को मानसिक दवाब झेल्न बाध्य बनेका छन । सर्व–साधारण जनता समेत साथमा लिई सरकार विरुद्घ असहयोग आन्दोलन गर्ने विभिन्न राजनैतिक दलका अगूवाहरु पनि यस्तो गम्भिर मार्मिक परिस्थितिमा चासो नदेखाई चूप लागेका छन । कसैले पनि पिडित जनताको जिम्मेवारी लिन नचाही रहेका अवस्थामा जारी मधेश आन्दोलन केही दिनको लागी स्थगित गरिएको खबर संचार माध्यमबाट आउन साथै जनकपुर लगायत केही स्थानका बैंक तथा वित्तीय संस्थाहरुले ऋीणीहरु माथी बन्द अवधी समेतको व्याज,हर्जाना, पेनेल्टी लगायत अन्य सहन गर्नै नसक्ने ऋीणीहरुको ढाँट सेक्ने गरी हिटलरवादी उर्दी जारी गरेर जसरी भए पनि तूरन्त ऋीण तिर्न बाध्य बनाई रहेको अवस्थामा यस्ता जनता विरोधी बैंकहरुलाई खबरदारी गर्न एक सबल तथा मजबूत गैर राजनितिक संस्थाको निर्माण गर्न अपरिहार्य आवश्यकता महशूश गरी मधेश ऋीण पिडित महासंघको स्थापना आजको मिति ०७२।१०।२९ बाट गरिएको तथा यस्ता अन्यायी तथा विभिन्न प्रकारको दूःख दिने बैंकहरु प्रति के कस्ता नितिगत आन्दोलन गर्ने  सो  समेत सर्व सम्मति बाट घोषणा गरिने  सबै ऋीण पिडित सहित  सर्व साधारणमा वर्गमा जानकारी जानकारी गरीएको छ ।  
                                                                                                                                                       अनूरोधकर्ता 
                                                                                                                                                     मधेश ऋीण पिडित महासंघ
                                                                                                                                                       जनकपुर